प्रहरी प्रमुख थापासहित दुई एआईजीको बिदाइ, प्रहरी नेतृत्वमा अब खापुङ

प्रहरी महानिरीक्षक थापासहित प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बुधबार बिदाइ गरेका हुन् ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Farewell of two AIGs along with Police Chief Thapa, now Khapung in police leadership

काठमाडौँ — प्रहरी महानिरीक्षक दिपक थापालाई नेपाल प्रहरीको प्रधान कार्यालयले बिदाइ गरेको छ । ३० वर्ष सेवा अवधि पूरा गरी १९ भदौ (भोलि बिहीबार)बाट अनिवार्य अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक थापासहित प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बिदाइ गरेका हुन् ।

थापा अवकाशमा जाने भएपछि १३ भदौको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुबेर खापुङलाई महानिरीक्षकमा नियुक्ति गरेको थियो । थापा करिब साढे ५ महिना प्रहरी नेतृत्वमा रहे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै थापाले संविधान र प्रचलित कानुनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण रुपमा इमानदारी, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको बताएका थिए । बिदाइ समारोहमा थापाले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्त्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङलाई हस्तान्तरण गरेका थिए ।

सेवा निवृत्त भएका आईजीपीलगायतलाई स्कर्टिङ गरेर निवाससम्म पुर्‍याइएको थियो । खापुङले बिहीबार दर्ज्यानी चिह्न लगाएसँगै पदभार ग्रहण गर्नेछन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully