भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई बिहीबार नेपाल आउने

प्रधानन्यायधीश भएपछि पहिलो पटक गवई बिहीबार नेपाल उत्रँदै छन् ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Chief Justice of India Bhushan Ramakrishna Gavai will visit Nepal on Thursday

काठमाडौँ — भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई नेपाल आउने भएका छन् । प्रधानन्यायधीश भएपछि पहिलो पटक गवई बिहीबार नेपाल उत्रँदै छन् । उनी नेपालमा हुने 'नेपाल-इन्डिया जुडिसियल डाइलग'मा सहभागी हुन र भ्रमणका लागि आउन लागेका हुन् । 

गवईको लुम्बिनी, पाटन र पशुपति भ्रमण गर्ने तालिका छ ।  यसअघि नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका तत्कालीन प्रधानन्यायाधीश डीवाई चन्द्रचूड पनि नेपालको तीन दिने औपचारिक भ्रमणमा सन् २०२४ मा नेपाल आएका थिए ।

पदमा रहँदै भारतका प्रधानन्यायाधीश नेपाल आएको यो पहिलो पटक थियो ।

कान्तिपुर

Link copied successfully