प्रधानमन्त्रीको विश्वास मत विवाद : न्यायाधीद्वय श्रेष्ठ र पौडेलको इजलासमा पेशी 

आज तेस्रो सुनुवाइ हुँदै छ । यसअघि सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's vote of confidence controversy: Justices Shrestha and Paudel appear before the bench

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली काम चलाउ भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएको छ । मुद्दा पहिलो नम्बरमा तोकिएको छ ।  

आज तेस्रो सुनुवाइ हुँदै छ । यसअघि सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो ।  दोस्रो सुनुवाइमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको  इजलासले तीन वटा फाइल मगाउँदै आजका लागि पेशी तोकेको थियो । 

इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको थियो ।  यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको थियो । 

यसअघि न्यायाधीश पोखरेलको इजलासले चार प्रश्न उठाउँदै लिखित जवाफ मगाएको थियो । आज हुने सुनुवाइले विश्वासको मत लिन पर्ने वा नपर्ने र काम चलाउ भए नभएकोबारे निर्णय दिने छ ।

कान्तिपुर

Link copied successfully