बालेन शाहविरुद्धको अवहेलना मुद्दा सुनुवाइ हुँदै

सर्वोच्च अदालतको आदेशविरुद्ध बालेनले दिएको अभिव्यक्ति विवादमा परेको थियो, जसका कारण अधिवक्ता जोशीले अदालतको अवहेलनाको मुद्दा दायर गरेका थिए।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Contempt case against Balen Shah being heard

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो । 

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा शाहविरुद्धको अवहेलना मुद्दा सुनुवाइ हुँदै छ । यो दोस्रो सुनुवाइ हो । आजको सुनुवाइपछि फैसला हुनसक्ने छ । १ भदौ २०७९ मा शाह विरुद्ध मुद्दा दायर भएको थियो । 

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । उक्त आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।

उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully