रुपन्देही -३ उपनिर्वाचन : रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका थिए । तीमध्ये न्युरोसर्जन डा. लेखजंग थापा चुनिएका हुन् ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Rupandehi-3 by-election: RSVP candidate Dr. Lekhjung Thapa

What you should know

काठमाडौँ — रूपन्देही ३ को उपनिर्वाचनका लागि रास्वपाले डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार बनाउने घोषणा गरेको छ । विभिन्न  चरणको प्रक्रियापछि रास्वपाले डा. थापालाई कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार बनाएको हो । आइतबार काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरबाट पार्टीले आधिकारिक उम्मेदवार घोषणा गरेको हो । 

डा.  थापा न्युरोसर्जन हुन् । डा. थापाले इन्टर्नल मेडिसिनमा एमडी र न्युरोलोजीमा डीएम गरेका छन् । उनी महाराजगन्जस्थित नेसनल न्युरो सेन्टरका प्रमुखसमेत हुन् । 

उम्मेदवार बन्नका लागि  शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए । विभिन्न चरणका प्रक्रियापछि प्राइमरी इलेक्सनमार्फत धेरै मत ल्याएर डा. थापा उम्मेदवारका लागि चुनिएका हुन् । 

Rupandehi-3 by-election: RSVP candidate Dr. Lekhjung Thapaक्षेत्रीय सभापतिसमेत मधु अर्याल शिक्षण पेसामा आबद्ध छन् । उनी तिलोत्तमाका विद्यालय सञ्चालक हुन् । उनले साउथ एसियन युनिभर्सिटीबाट अटिजममा पीएचडी गरेका छन् । ज्ञानु पौडेल सहकारी अभियन्ता हुन् ।  केन्द्रीय सदस्य महर्जन रूपन्देहीकै रास्वपा नेता हुन् । उनी २०७९ सालको आमनिर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक सूचीमा थिइन् । उक्त सूचीबाट नाम फिर्ता गरेर उनी उम्मेदवारीको दौडमा सामेल भएकी हुन् ।

गुप्ता रास्वपा प्रदेश सदस्य तथा २०७९ का उम्मेदवार थिए । क्षेत्री पार्टीको जिल्ला कोषाध्यक्ष हुन् । खरेल अमेरिकाबाट निर्वाचनकै लागि आएका हुन् ।  रूपन्देही-३ उपचुनावलाई संगठन विस्तार र पुनः जनमत निर्माणको अवसरका रूपमा लिएको नेताहरूले बताएका छन् । 

२०७९ को आमनिर्वाचनमा रूपन्देही-३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार जितबहादुर गुप्ताले ५हजार ७ सय ९६ मत ल्याएका थिए । करिब १ लाख ३० हजार मतदाता रहेको यस क्षेत्रमा करिब ९० हजार मत खसेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully