दुग्ध किसानहरुको डीडीसीबाट करिब १ अर्ब किसानको बक्यौता उठाउन बाँकी छ ।
काठमाडौँ — दुग्ध किसानहरु बक्यौता रकम पाउनुपर्ने भन्दै दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यलय लैनचौरमा धर्ना र नाराबाजीमा उत्रिएका छन् ।
दुग्ध किसानहरुको डीडीसीबाट करिब १ अर्ब किसानको बक्यौता उठाउन बाँकी छ । अखिल नेपाल किसान महासंघको अगुवाइमा दुग्ध किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।
पटकपटक दूधको मूल्य भुक्तानीको माग राखे पनि समस्या समाधान नभएकाले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।
सम्बन्धित अन्य समाचार
धुलो दूध र बटर स्टक रहेको बहानामा किसानको दूध संकलनमा कडाइ गर्दै डीडीसी
