विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसुर ऐनअन्तर्गतको कसुरमा पाँडेविरुद्ध अभियोग पत्र दर्ता भएको थियो ।
काठमाडौँ — रास्वपा केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाइ जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडने आदेश दिएको छ ।जिल्ला न्यायधिश ध्रुवराज उप्रेतीको इजलासले यस्तो आदेश गरेको हो ।
उनी विरुद्द अदालतमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसुर ऐनअन्तर्गतको कसुरमा पाँडेविरुद्ध अभियोग पत्र दर्ता भएको थियो ।
इमेल र ह्वाट्सएपमार्फत चरित्रहत्या गरेको आरोपपछि साइबर ब्युरो पुगेका पाँडेलाई जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसुर ऐन, २०६३ को दफा ४७ (१) अन्तर्गतको कसुरमा १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरेर जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता भएको थियो ।
सम्बन्धित समाचार
रास्वपा केन्द्रीय सदस्य पाँडेविरुद्ध विद्युतीय कारोबार कसुरमा मुद्दा दर्ता
