दिपक मनाङेको क्षेत्रमा कात्तिक १७मा उप निर्वाचन हुने

निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा (२) र रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Bye-elections will be held in Deepak Manange's area on November 17

काठमाडौँ — निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा (२) र रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा (२) र रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

मनाङ प्रदेशसभा (२) का प्रतिनिधि राजिव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएपछि सो क्षेत्र रिक्त भएको थियो । गत असार ४ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवैधानिक इजलासले गुरुङलाई पदमुक्त गर्ने फैसला सुनाएको थियो।

संवैधानिक इजलासले उनी उम्मेदवार हुन समेत अयोग्य रहेको र विवरण झुक्याएर सांसद भएको ठहर गरेको थियो। सर्वोच्चले केही दिनअघि सो फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै निर्वाचनको मिति तोक्ने प्रक्रिया अघि बढाएको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully