एनआरएनएको मुद्दाको पेसी प्रधानन्यायाधीश राउतसहितको पूर्ण इजलासमा

पछिल्लो पटक शेष घले टिमबाट श्रेष्ठ अध्यक्षको रुपमा चयन भएपछि केसीले सर्वोच्चमा नयाँ रिट दायर गरेका थिए ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Pacey in the NRNA case in a full bench with Chief Justice Raut

काठमाडौँ — गैरआवासीय नेपालीहरुको विवादको मुद्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको पूर्ण इजलासमा पेसी तोकिएको छ ।

राउतसँगै न्यायाधीशहरु मनोज शर्मा र कुमार चुडालको इजलासमा गोलाबाट पेसी परेको हो । मुद्दा ‘ख’ नम्बरमा पेसी तोकिएको छ । 

बद्री केसी, आरके शर्मा, नेपाल सरकारसहित थान निवेदन एकैपटक सुनुवाइ हुन लागेको हो । एनआरएनएमा लामो समयदेखि आधिकारिकता विवाद हुँदै आएको छ । 

एनआरएनएमा अहिले बद्री केसी र महेश श्रेष्ठ प्यानल छ । दुवैले आफू आधिकारिक भएको दाबी गर्दै आएका छन् । लामो समयदेखि यो विवाद सर्वोच्चमा पेसी तोकिने तर सुनुवाइ नहुने हुँदै आएको छ । 

पटक–पटक हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेकाले सर्दै आएको थियो । पछिल्लो पटक शेष घले टिमबाट श्रेष्ठ अध्यक्षको रुपमा चयन भएपछि केसीले सर्वोच्चमा नयाँ रिट दायर गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully