एनआरएनएमा बद्री केसी र महेश श्रेष्ठ गरी दुई प्यानल रहेका छन् । केसी, आरके शर्मा र नेपाल सरकारका तर्फबाट हालेको रिट सर्वोच्चमा विचाराधीन छन् ।
काठमाडौँ — गैरआवासीय नेपालीहरूको आधिकारिता विवादसम्बन्धी मुद्दा बिहीबार पनि हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत,न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको इजलासमा पेसी परेपनि हेर्न नभ्याउने भएको हो ।
मुद्दा 'ख' नम्बरमा थियो तर 'क' नम्बरको बन्दीकै मुद्दामा सुनुवाइ नसकिएपछि स्थगित भएको हो । यसअघि पटक-पटक हेर्न नमिल्ने र नभ्याइने हुदै सर्दै आएको थियो ।
२६ भदौ २०८१ देखि वैशाख २०८२सम्म दायर भएका रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ थालिएको थियो ।
एनआरएनएमा बद्री केसी र महेश श्रेष्ठ गरी दुई प्यानल रहेका छन् । केसी, आरके शर्मा र नेपाल सरकारका तर्फबाट हालेको रिट सर्वोच्चमा विचाराधीन छन् । सर्वोच्चबाट मुद्दा नटुंगिदा एनआरएनए विवाद समाधान हुन सकेको छैन ।
