सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिकालगायतले अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा मुद्दा दायर गरेको थियो ।
काठमाडौँ — आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले पाँच दिन कैदको फैसला सुनाएको छ । अदालतले तामाङसहित दुई जनालाई यस्तो सजाय सुनाएको हो ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई आपराधिक उपद्रव मुद्दामा फैसला सुनाएको हो । जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको हो।
सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिकालगायतले अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा मुद्दा दायर गरेको थियो ।
सूर्यविनायक नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो । अदालतले तामाङ र शरण तिरूवालाई पाँच-पाँच दिन कैद सजाय सुनाएको हो । त्यस्तै ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ भराउने आदेश अदालतले गरेको छ ।