निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा '२' मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताएको छ ।
What you should know
काठमाडौँ — सर्वोच्च अदालतले गुन्डा नाइके दीपक मनाङेको प्रदेश सभा सदस्य अयोग्य हुने भनी सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवैधानिक इजलासले गत असार ४ गते उनी पदमुक्त हुने भनी गरेको फैसलाको सोमबार पूर्णपाठ सार्वजनिक भएको गरेको हो ।
संवैधानिक इजलासले मनाङे फौजदारी कसुरमा सर्वोच्चको संयुक्त इजलासबाट दोषी ठहर भइसकेको जनाउँदै उनको सांसद पद खारेज हुने फैसला गरेको थियो । उनी मनाङ प्रदेश (२) बाट निर्वाचित भएका थिए । साथै संवैधानिक इजलासले मुद्दा विचाराधीन रहेको अवस्थामा व्यक्तिलाई निर्वाचनमा भाग लिने राजनीतिक अधिकारमा संकुचन गर्नु न्यायसंगत हुँदैन भनेको छ ।
फैसलाको पूर्णपाठमा सार्वजनिक भएसँगै रुपन्देहीमा गर्ने भनिएको उपनिर्वाचन मनाङको प्रदेश सभामा पनि गर्ने वाटो खुलेको छ । ‘प्रदेश सभा सदस्य पदका लागि अयोग्य– ठहर भएको र मिति २०८१/७/२७ देखि नै निज प्रत्यर्थी कैदमा समेत गइसकेको देखिँदा प्रदेश सभा सदस्य पदमा रहिरहन योग्य नभएको अवस्थामा निजलाई सोही मिति २०८१/७/२० देखि नै गण्डकी प्रदेश, प्रदेश सभा सदस्य पदबाट पदमुक्त हुने ठहर्छ। अरुमा तपसिल बमोजिम गर्नू ’ फैसलाको पूणपाठमा भनिएको छ ।
कात्तिक १७ मै उपनिर्वाचनको तयारी गर्छौ
निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा '२' मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताएको छ । सर्वोच्च अदालतले मनाङ प्रदेश सभा '२' मा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गर्दा आयोग अन्योलमा परेको थियो । आयोगले गण्डकी प्रदेश सभालाई पनि पत्रचार गरेको थियो ।
सर्वोच्चले सोमबार पूर्णपाठ सार्वजनिक गरेसँगै आयोगका सहप्रवक्ता दुर्गाप्रसाद चालिसेले गण्डकी प्रदेश सभा '२' मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताए । सर्वोच्च अदालतको फैसलाले अब आयोगलाई प्रक्रिया अघि बढाउने बाटो खुलेको उनले बताए ।
यस्तो छ सर्वोच्चको पूर्णपाठ
