भण्डारीले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने कल्पना पनि गरेका थिएनौँ : ओली

'पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरूलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ'

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

We never imagined that Bhandari would not cooperate with party unity like this: Oli

काठमाडौँ — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकतामा असहयोग गरेको बताएका छन् । 

पूर्वराष्ट्रपति भण्डारीले एमालेमा सक्रिय हुनका लागि गरेका गतिविधिलाई ओलीले पार्टी एकतामा असहयोगी कदमका रुपमा व्याख्या गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति भण्डारीका गतिविधिप्रति असन्तुष्टि जनाएका हुन् ।

भण्डारीले राष्ट्रपतिबाट बाहिरिएपछि पार्टीका कार्यकर्तालाई झुक्याएर सदस्यता रसिद काटेको पनि ओलीको भनाइ थियो । 'अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएका छन् । खासमा राष्ट्रपति भएपछि उहाँले पार्टी सदस्यता त्याग्नुभएको हो । कर्मचारीलाई झुक्याएर हुँदै नभएको सदस्यता रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिर बाहिर बोल्नुभएको छ,' ओलीले भने, 'पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरूलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ ।'

ओलीले आमजनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहितका कार्यकर्तालाई एमालेका स्वागत गरेका थिए । साह एमालेका पूर्वकेन्द्रीय सदस्य हुन् ।      

कान्तिपुर

Link copied successfully