नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित

आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था सहज बनाउनका लागि यो विधेयक ल्याइएको थियो ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

The Citizenship Bill was passed by the National Assembly

काठमाडौँ — राष्ट्रिय सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए ।

आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था सहज बनाउनका लागि यो विधेयक ल्याइएको थियो । 

राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully