बुधबार पनि गठन भएन संवैधानिक इजलास

बुधबार र शुक्रबार नियमित रुपमा संवैधानिक इजलास गठन हुने न्यायिक अभ्यास भएपनि पछिल्ला दिनहरूमा विवादमा कारण हुन सकेको छैन।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

The constitutional bench was not formed on Wednesday either

काठमाडौँ — प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार पनि संवैधानिक इजलास गठन गरेनन् । बुधबार र शुक्रबार नियमित रुपमा संवैधानिक इजलास गठन हुने न्यायिक अभ्यास भएपनि पछिल्ला दिनहरूमा विवादमा कारण हुन सकेको छैन।

पछिल्लो पटक साउन २५ गते संवैधानिक इजलास गठन भएको थियो। त्यसपछि संवैधानिक इजलास गठन हुन नसकेको र जारी विवाद निष्कर्षमा नपुगेसम्म गठन हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश राउत संवैधानिक इजलास पनि गोलामार्फत गठन गर्ने पक्षमा छन् । तर प्रधानन्यायाधीशको यो प्रस्तावमा न्यायाधीशहरु विभाजित भएका छन् ।

५२ संवैधानिक निकायमा नियुक्ति भएका पदाधिकारीको विवादमा प्रधानन्यायाधीश राउत अल्पमतमा परेपछि संवैधानिक इजलास राम्रोसँग गठन हुन सकेको छैन । 

बुधबार गोला प्रक्रियाबाट १० संयुक्त र एउटा एकल इजलास गठन भएको छ ।

कान्तिपुर

Link copied successfully