नख्खु कारागारमा पुगेर दाहालले भने - 'रवि लामिछाने दुब्लाएको देखेँ'

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अदालतले तोकेको धरौटी बुझाउँदा पनि लामिछानेलाई थुनामै राखेर राजनीतिक प्रतिशोध साँधिएको दाबी गरे ।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

After reaching Nakhkhu Jail, Dahal said - 'I saw Ravi Lamichhane emaciated'.

काठमाडौँ — माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । 

बुधबार अपराह्न ललितपुरको नख्खु कारागारमा पुगेर दाहालले लामिछानेसँग भेट गरेका हुन् । भेटपछि सञ्चारकर्मीलाई दाहालले भने, 'रवि लामिछाने दुब्लाएको देखेँ ।' 

पूर्वप्रधानमन्त्री दाहालले अदालतले तोकेको धरौटी बुझाउँदा पनि लामिछानेलाई थुनामै राखेर राजनीतिक प्रतिशोध साँधिएको दाबी गरे । एमाले र कांग्रेसको रवैयाले आफ्नो पार्टीलाई फाइदै भएको रविको बुझाइ रहेको समेत दाहालले सुनाए । 

उनले उपसभामुख इन्दीरा रानालाई हटाउन खोज्नु पनि गलत रहेको बताए । 

सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि रूपन्देही कारागारमा राखिएका लामिछानेलाई शनिबार नख्खु कारागार ल्याइएको हो । 

After reaching Nakhkhu Jail, Dahal said - 'I saw Ravi Lamichhane emaciated'.

कान्तिपुर संवाददाता

Link copied successfully