महिलाको डिम्ब निकाल्न र भण्डारमा रोक लगाउने सर्वोच्चको आदेश 

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइगोनिसिस्ट प्रालिले अवैध रूपमा किशोरीहरूको डिम्ब निकालेर बिक्री वितरण गरेको विषय सार्वजनिक भएपछि यसलाई तत्काल रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Supreme Court bans extraction and storage of women's eggs

काठमाडौँ — सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले यसको प्रभावकारी निगरानी र नियमन गर्न पनि सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । 

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो । अधिवक्ताहरू निरव ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले भदौ १ मा रिट दायर गरेका थिए । प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाइएको रिटमा सर्वोच्चले लिखित जवाफ पेस गर्न पनि भनेको छ । 

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइगोनिसिस्ट प्रालिले अवैध रूपमा किशोरीहरूको डिम्ब निकालेर बिक्री वितरण गरेको विषय सार्वजनिक भएपछि यसलाई तत्काल रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । 

कानुन बनाएर मात्रै महिला तथा किशोरीहरूको डिम्ब निकाल्नु र भण्डार गर्नुपर्ने निवेदकको मागअनुसार न्यायाधीश ढुंगानाको इजलासले आदेश जारी गरेको हो । सर्वोच्चको आदेशपछि अब डिम्ब निकाल्न र भण्डारण गर्न नपाइने भएको छ ।

Supreme Court bans extraction and storage of women's eggs

Supreme Court bans extraction and storage of women's eggs

कान्तिपुर

Link copied successfully