धादिङ ज्यामरुङका वडा सदस्यविरुद्ध जातीय विभेदको उजुरी

रोपाइँका लागि पाइपबाट पानी लगाउने क्रममा पानी चलाएको भन्दै उनले जातीय विभेदपूर्ण गालीगलौज गरेको उजुरीकर्ता रामबहादुर विसुन्खेले बताएका छन् ।

भाद्र ३, २०८२

दया दुदराज

Complaint of caste discrimination against ward member of Dhading Jamrung

What you should know

काठमाडौँ — धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १० ज्यामरुङका वडा सदस्य हिमप्रसाद पाठकविरुद्ध जातीय विभेदको उजुरी परेको छ । खेतमा पानी लगाएको निहुँमा जातीय विभेदपूर्ण गालीगलौज गरेको भन्दै धादिङ निलकण्ठ-१० का रामबहादुर विसुन्खेले पाठकविरुद्ध उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले पाठकविरुद्ध जातीय विभेद तथा छुवाछुत सम्बन्धी उजुरी परेको पुष्टि गरे । ‘हामीले हिजो मात्रै उजुरी लिएका छौँ । अनुसन्धान थालिसकेका छौँ,’ डिएसपी हमालले भने, ‘घटनाको प्रत्यक्षदर्शीको बयान लिने काम जारी छ ।’

गत साउन १९ गते रोपाइँका लागि पाइपबाट पानी लगाउने क्रममा पानी चलाएको भन्दै उनले जातीय विभेदपूर्ण गालीगलौज गरेको विसुन्खेले बताए । 

‘त्यो दिन मैले मागेर पानी लगाएको थिएँ । तर उहाँले आएर पानी थुत्नुभयो । मैले मागेर लगाएको पानी किन यस्तो गर्नुभएको त दाइ ?' भनेर सोध्दा उल्टै 'तँ चमारे मसँग मुखमुखै लाग्छन् भन्दै जातलाई लिएर तथानाम गाली गलौँच गर्नुभयो,’ उनले भने, ‘सानो जात भएर मैले भनेको टेर्दैनस् भन्दै मलाई अश्लील शब्दहरु बोल्दै खुँडा ताकेर काट्छु र मार्छु भन्नुभयो ।’

साउन १९ गतेको घटनामा किन यति ढिला उजुरी भन्ने कान्तिपुरको प्रश्नमा विसुन्खेले भने– ‘गाउँकै मान्छे भएर यति सानो विषयमा किन उजुरी गर्नु भनेर मैले गरिनँ तर उहाँले त उल्टै ममाथि आरोप लगाउनुभयो । उहाँको श्रीमतीलाई हातपात गरेको भन्दै आरोप लगाउनुभयो अनि ममाथि पनि कुटपिट गर्नुभयो । त्यसपछि म उजुरी गर्न गएँ ।’

Complaint of caste discrimination against ward member of Dhading Jamrung

वडा सदस्य पाठकले भने आफूमाथि झुटो आरोप लागेको बताए । ‘मेरो मुहानको पानी उनले लगाएका रहेछन् । पानी छोडिदेउ भन्दा पनि नमानेपछि म गएर सम्झाउन खोज्दा उल्टै मलाई पिटुम्लाझैँ गरे,’ वडा सदस्य पाठकले भने, ‘मेरो श्रीमतिमाथि पनि उसले दुर्व्यवहार गरेको छ ।’

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully