भारतीय विदेश सचिव मिस्रीसँग मधेशकेन्द्रित दलका नेताहरूको सामूहिक भेट

नेता त्रिपाठीले विदेश सचिव विक्रम मिस्रीसँग दुई देशबीचको सम्बन्धकेन्द्रित कुराकानी भएको बताएका छन् ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Group meeting of Madhesh-centric party leaders with Indian Foreign Secretary Misri

काठमाडौँ — नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमबार मधेशकेन्द्रित दलका नेताहरूसँग भेटवार्ता गरेका छन् । मिस्रीले आफ्नो भ्रमणको दोस्रो दिन होटल द्वारिकाजमा मधेशकेन्द्रित दलका नेताहरूसँग सामूहिक भेटघाट गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता प्रगितिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल मिस्रीसँगको भेटघाटमा सहभागी थिए । नेता त्रिपाठीले दुई देशबीचको सम्बन्धकेन्द्रित कुराकानी भएको बताए ।

विदेश सचिव मिस्री आइतबार काठमाडौं आएका हुन् । दुईदिने नेपाल बसाइमा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणमा आएका मिस्रीले परराष्ट्रमन्त्री आरजु देउवासँग पनि भेटवार्ता गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully