प्रधानन्यायाधीश राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले न्यायाधीशहरुको सरुवाको निर्णय गरेको हो ।
काठमाडौँ — न्याय परिषद्ले जिल्ला र उच्च अदालतका न्यायाधीशहरुको ठूलो संख्यामा सरुवा गरेको छ । १२२ जिल्ला न्यायाधीश र उच्च अदालतका ८८ न्यायाधीशको सरुवा भएको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद्को बैठकले सरुवा गरेको हो । परिषद्मा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, प्रधानमन्त्रीको सिफारिस र नेपाल बारको सिफारिसमा कानुनविद् सदस्य रहन्छन् ।
आर्थिक वर्ष सुरु भएलगत्तै सरुवा हुनु पर्ने भए पनि करिब एक महिनापछि सरुवा भएको हो ।
![Judicial Council transfers 88 high and 122 district judges [with list]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/naya-parisad-1582025010900-1000x0.jpg&w=1001&h=0)