चार दिनमा कुवेतमा ९ नेपाली सहित १६ श्रमिकको मृत्यु*

अस्वस्थ भएका १५ नेपाली श्रमिकको भने विभिन्न चार अस्पतालमा उपचार भइरहेको छ ।

श्रावण ३०, २०८२

होम कार्की

16 laborers including 9 Nepalis died in Kuwait in four days*

काठमाडौँ — पछिल्ला चार दिनमा मात्रै कुवेतमा कार्यरत ९ नेपाली सहित १६ जना श्रमिकको मृत्यु भएको छ । उनिहरुको मृत्यु विषाक्त मदिरा सेवनका कारण भएको हुनसक्ने बताइएपनि प्रस्ट आइसकेको छैन् । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार मृत्यु भएकाहरुको पोस्टमार्टम रिपोर्ट नआइसकेकाले मृत्युको यकिन कारण खुल्न सकेको छैन । दुतावासका अनुसार मृत्यु हुन कुल कामदारको संख्या भने १६ पुगीसकेको छ ।

दूतावासका अनुसार मृत्यु हुने सबैजसो कामदारहरू सुलेमिया क्षेत्रमा रहेको विभिन्न कम्पनीमा कार्यरत थिए । अस्वस्थ भएका १५ नेपाली श्रमिकको भने विभिन्न चार अस्पतालमा उपचार भइरहेको छ ।

जसमा दूतावासले समन्वय गरिरहेको आचार्यले बताए । दूतावासले मृत्युको कारण खोज्न कुवेतस्थित सम्बन्धित सरकारी कार्यलयसँग पनि संवाद सुरु गरिसकेको जनाएको छ । 

*यसअघि प्रकाशित समाचारमा त्रुटी भएकाले सच्याईएको छ - सम्पादक 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully