रूपन्देही उपनिर्वाचन : बालेनका दुई सल्लाहकार उम्मेदवार बन्ने तयारीमा

मेयर शाहका कानुनी सल्लाहकार एवं अधिवक्ता ओमप्रकाश अर्याल र खाद्य सल्लाहकार रहेका सन्तोष गिरीले उम्मेदवार बन्ने तयारी गरेका छन् ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Rupandehi by-election: Two advisers of Balen are preparing to become candidates

काठमाडौँ — प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही-३ मा हुने उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका दुई सल्लाहकार उम्मेदवार बन्ने तयारीमा रहेका छन् ।

मेयर शाहका कानुन सल्लाहकार एवं अधिवक्ता ओमप्रकाश अर्यालले रूपन्देहीको उपचुनावमा उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । त्यस्तै, शाहको सचिवालयमा सल्लाहकार रहेका सन्तोष गिरीले उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । 

मेयर शाहको खाद्य सल्लाहकार भएर काम गरेका गिरी रूपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थानीय बासिन्दा हुन् । अर्याल भने गुल्मीमा जन्मिएर ललितपुरमा बस्दै आएका छन् । दुवैले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । 

अर्यालले उम्मेदवारी दिनका लागि तयारी गरिरहेका छन् । 'समय र परिस्थितिअनुसार निर्णय लिने तयारीमा छु,' उनले भने, 'अब म ढिलोचाँडो राजनीतिमा प्रवेश गर्ने हो ।' 

रूपन्देही-३ बाट  निर्वाचित प्रतिनिधिसभा सदस्य राप्रपाका दीपक बोहोराको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । उक्त उपचुनावकाे मिति आगामी कात्तिक १७ का लागि तोकिएको छ ।   

कान्तिपुर संवाददाता

Link copied successfully