वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले दिए राजीनामा 

डा. कोइरालाले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो राजीनामा पत्र सार्वजनिक गरेका हुन् । उनले असोज ३० देखि लागू हुने गरी राजीनामा दिएका हुन् । हाल उनी अमेरिका पुगेका छन् ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Senior Cardiologist Dr. Koirala resigned

काठमाडौँ — शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्डियोभास्कुलर विभागीय प्रमुख एवं वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् ।

डा. कोइरालाले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो राजीनामा पत्र सार्वजनिक गरेका हुन् । उनले असोज ३० देखि लागू हुने गरी राजीनामा दिएका हुन् । हाल उनी अमेरिका पुगेका छन् ।

उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्– 'म कार्डियोभास्कुलर विभागीय प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनको रुपमा कार्यरत रहेकोमा हाल व्यक्तिगत कारणले सो पदमा रहन असमर्थ रहेकाले १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले ३० असोज २०८२ देखि लागू हुने गरी राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन अनुरोध गर्दछु ।'

उनले केन्द्रको प्रगति, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेललगायतको सपना र स्वास्थ्य सेवाप्रति संघीय सरकारको प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully