तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई दिए जानकारी

सम्मेलनका अवसरमा विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेको ओलीले जानकारी दिए ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli informed the House of Representatives about his visit to Turkmenistan

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न  तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले भ्रमणबारे जानकारी दिएका हुन् । 

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली साउन २३ गते स्वेदश फर्किएका थिए । उनले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन गरेका थिए ।

सम्मेलनका अवसरमा विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरिएको जानकारी दिए । 

समुन्द्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्ठित विकासशील देशहरूले अन्तर्राष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना उल्लेख गर्दै आपसी सहकार्यका लागि आह्वान गरेको प्रधानमन्त्री ओलीले बताए ।

उनले प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका प्राप्त गर्न समस्या भइरहेको कुरा सम्मेलनमा उठाएको पनि जानकारी दिए । 

कान्तिपुर

Link copied successfully