झापाको बालुवाटार जग्गा प्रकरणमा माओवादी नेता पुरीसहित ९ जना भ्रष्टाचारमा दोषी ठहर

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले उनीहरुलाई दोषी ठहर गर्दै जरिवाना र कैदको फैसला सुनाएको छ ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

In Jhapa's Baluwatar land case, 9 people including Maoist leader Puri were found guilty of corruption

काठमाडौँ — विशेष अदालत काठमाडौंले झापाको बालुवाटारको जग्गा प्रकरणमा माओवादी नेता गगन पुरीसहित ९ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सात जना मालपोत र नापीका कर्मचारी तथा दुई जना जग्गाधनीलाई दोषी ठहर गर्दै जरिवाना र कैदको फैसला सुनाएको हो । 

पुरीलाई मुख्य अभियुक्त ठहर गर्दै विशेष अदालतले एक वर्ष कैद र २० लाख ८३ हजार ६ सय ७१ रुपैयाँ जरिवाना ठहर गरेको छ । विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को १ को उपदफा 'ज' अनुसार मूल प्रतिवादी सरह सजाय हुने फैसला सुनाएको छ ।

विशेष अदालतले नापी कार्यालय झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, विन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र सर्वेक्षक गणेशकुमार धिमालको प्रत्यक्ष संलग्नतामा सरकारी जग्गा व्यक्तिको नाममा पुगेको ठहर गरेको छ । उनीहरुलाई एक वर्षदेखि तीन महिनासम्म कैद र भूमिका अनुसार जरिवाना ठहर गरेको छ ।

कसलाई कति सजाय ? 

In Jhapa's Baluwatar land case, 9 people including Maoist leader Puri were found guilty of corruption

कान्तिपुर

Link copied successfully