आज देश-दुनियाँमा के-के भयो ?

जुम्लाको पातारासी गाउँपालिका-६ उर्थुचौतारामा प्रहरीले जिल्लाबाहिर निर्यात हुन लागेको काचो स्याउ बरामद गरेको छ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

What you should know

काठमाडौँ — 'कुलिङ अफ पिरियड' मा छलछाम : राज्यव्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा, वीरगन्ज कारागारमा कैदीको मृत्यु : घटनाको छानबिन गर्न समिति गठन, जुम्लामा काँचो स्याउ टिप्न प्रतिबन्ध : प्रहरीद्वारा २८ कार्टुन काचो स्याउ बरामद, सेयर बजार निरन्तर ओरालो, कारोबार रकम पनि खुम्चियोदेखि अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीन जनाको मृत्युसम्मका खबर चर्चामा रहे । 

००००

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले आफूलाई दोषी करार नगरिएको दाबी गर्दै उनले पदलाई भन्दा प्रश्नलाई माथि राखेर राजीनामा दिएको बताए ।  

००००

मंगलबार बिहान नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वीरगन्ज कारागारका कैदी २८ वर्षीय राहुलकुमार साह तुराहाको मृत्युको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ। मृतक कैदी साहका आफन्तजनले नारायणी अस्पताल बाहिर दिनभरजसो प्रदर्शन गरेका थिए । स्थानीय प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा समिति गठन गरेको हो ।  

००००

जुम्लाको पातारासी गाउँपालिका-६ उर्थुचौतारामा प्रहरीले जिल्लाबाहिर निर्यात हुन लागेको काचो स्याउ बरामद गरेको छ। २८ कार्टुनमा प्याक गरिएको काँचो स्याउ बरामद गरेर पातारासी गाउँपालिकालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिए । 

००००

सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २६.२२ अकंले घटेको छ । अघिल्लो दिन ३१.५० अंकले घटेको नेप्से मंगलबार पनि दोहोरो अंकले घटेको हो । सोमबारको तुलनामा ०.९२ अंकले घटेपछि समग्र नेप्से २ हजार ७ सय ९६.२४ अंकमा ओर्लेर बन्द भएको छ । 

००००

टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा, प्रहरीले रिसर्च बुलेवार्डमा अवस्थित टार्गेट स्टोरमा गोली हानाहानको रिपोर्ट प्राप्त भएपछि प्रहरी अधिकारीहरूले गोली लागि घाइते भएका तीन व्यक्ति फेला पारेको बताएको छ ।

कान्तिपुर

Link copied successfully