मल वितरण चुस्त बनाउने ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन 

प्रधानमन्त्रीले कम्पोष्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउनसमेत निर्देशन दिएका छन् ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's directive to come up with a concrete plan to make fertilizer distribution more efficient

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको वितरण चुस्त बनाउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।

बजारमा मल अभाव भएपछि प्रधानमन्त्री ओलीले मंगलबार सिंहदरबारमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योगमन्त्री दामोदर भण्डारीसहित छलफल गरेर तीन बुँदे निर्देशन दिएका छन् । 

उनले कम्पोष्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउनसमेत निर्देशन दिएका छन् । त्यस्तै, माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन पनि निर्देशन दिएका छन् ।

कान्तिपुर

Link copied successfully