वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल सुरु

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकलाई छिटो टुंंगोमा पुर्‍याउन समितिसमक्ष आग्रह गरे।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

Discussion on alternative development finance mobilization bill started

काठमाडौँ — प्रतिनिधिसभाको अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल सुरु गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकका सम्बन्धमा विज्ञ र संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको हो ।

बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकलाई छिटो टुंग्याउन समितिलाई आग्रह गरे। उनले विधेयकमा रहेका भाषागत त्रुटिहरुलाई सभामा पनि सच्याउन सकिने उल्लेख गर्दै विधेयकलाई निष्कर्षमा पुर्‍याउन आग्रह गरे।

मन्त्री पौडेलले बसाइँसराईको भयावह अवस्था रोक्नको हिमाली तथा पहाडी विकट क्षेत्रमा ठूलो आयोजनाको लगानी गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

‘विधेयकमाथि यो तहको छलफलबाट पनि केही भाषागत समस्या भएको रहेछ भनेपनि भोलि सच्याउँला । किनभने ढुंगाको अक्षर त होइन । संविधान त संशोधन गर्न सकिन्छ भने कानून संशोधन गर्न नसकिने विषय रहेन । सकेसम्म यसलाई आजको हाम्रो चेतनाले र अनुभवको आधारमा यसलाई समृद्ध बनाऔँ भन्ने हाम्रो कोशिस हो । मेरो आग्रह के छ भने छलफलपछि हामी कमन कनक्लुजनमा पुगौँ । र यसलाई अगाडि बढाऔँ भन्ने मेरो आग्रह छ,' उनको भनाइ छ।

वैकल्पिक विकास वित्तसम्बन्धी कानुन बनेपछि विकासका नवीन स्रोतहरूको परिचालन गर्न तथा यसको माध्यमबाट रोजगारी प्रवर्द्धन, दिगो आर्थिक विकास र दीर्घकालीन लगानी सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।

कान्तिपुर

Link copied successfully