कांग्रेस नेता बस्यालको निधन

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

Congress leader Basyal passed away

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य खड्गबहादुर बस्यालको निधन भएको छ।

क्यान्सरबाट पीडित भएर लामो समयदेखि उपचाररत रहेका बस्यालको शुक्रबार बिहान ८:५० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ तातोपानीस्थित निवासमा निधन भएको हो।

२००८ साल माघ १५ गते जन्मिएका बस्याल संविधानसभा २०६४ र २०७० को सदस्य थिए। उनी पूर्व स्वास्थ्य राज्यमन्त्री समेत हुन्। कांग्रेस सुर्खेतको पूर्व उपसभापति बस्यालले कांग्रेसको दलित भातृ संगठन नेपाल दलित संघको अध्यक्ष भएर समेत काम गरे।

बस्यालको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीले अग्रज र अनुभवी नेतृत्व गुमाएको भन्दै दुख व्यक्त गरेका छन्। 

कान्तिपुर

Link copied successfully