विद्या भण्डारी समूहले सम्पर्क कार्यालय खोल्न लियो भाडामा घर

मदन भण्डारीले ३ दशकअघि प्रयोग गरेको काठमाडौंको घरमा भण्डारी समूहले राजनीतिक गतिविधि बढाउन कार्यालय खोल्न लागेको छ।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Vidya Bhandari Group took a rented house to open a liaison office

काठमाडौँ — एमालेको सक्रिय राजनीतिमा फर्किएको दाबी गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोल्न घर भाडामा लिएकी छिन् । भण्डारीको राजनीतिक खटनपटनमा सक्रिय अर्का नेताका अनुसार राजनीतिक गतिविधि बढाउन सहज होस् भनेर बानेश्वर हाइटस्थित थापा गाउँमा चार तले भवन भाडामा लिएको हो । 

झन्डै ३ दसकअघि मदन भण्डारीले काठमाडौंमा चुनाव लड्दा सम्पर्क कार्यालय बनाएकै घरमा भण्डारी समूहले पनि कार्यालय खोल्न लागेको हो ।

‘०४८ सालमा मदन भण्डारीले काठमाडौंमा निर्वाचन लड्दा जुन घरलाई प्रचारप्रसारको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नुभएको थियो, त्यही घर अहिले भाडामा लिएर राजनीतिक गतिविधि गर्ने तयारी हुँदै छ,’ ती नेताले भने, ‘केही व्यवस्थापनका कामहरू पूरा हुनेबित्तिकै केही दिनमै भण्डारी नियमित रूपमा कार्यालयमा आएर सम्पर्क–सम्बन्ध विस्तार गर्ने योजना बनेको छ।’

Vidya Bhandari Group took a rented house to open a liaison officeउक्त घर फाउन्डेसनको आवरणमा लिइएको भए पनि अहिलेको परिस्थितिको सामना गर्नका लागि ‘जननेता मदन भण्डारी र जबज’ लाई कार्यकर्तासँग जोड्दै भावनात्मक सन्देश प्रवाह गर्न टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ।

भण्डारी नेतृत्वमा राजनीतिक गतिविधि बढाउन अहिलेका लागि मदन भण्डारी फाउन्डेसन कै प्रयोग गरेर अघि बढ्ने योजना बनेको भण्डारीका सहयोगीका रूपमा राजनीतिक खटनपटनमा सक्रिय एक नेताले बताए। त्यसका लागि विद्या भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन भएको छ। त्यसैको माध्यमबाट आगामी राजनीतिक गतिविधि अघि बढाउने उनीहरूको योजना छ।

कान्तिपुर

Link copied successfully