विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै एकता हुन्छ : महासचिव गुरुङ

नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले माओवादीले स्थायी समितिबाट आफ्नो पार्टीसँग एकता गर्ने भन्ने निर्णय स्वागतयोग्य रहेको बताए ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Biplab-led Nepal Communist Party will unite soon: General Secretary Gurung

What you should know

काठमाडौँ — माओवादी केन्द्रका महासचिव देव गुरुङले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै एकता हुने बताएका छन् ।

बुधबार यहाँ सम्वाद डबलीले आयोजना गरेको अन्तरसंवादमा गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए । उनले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिबीचको एकता अत्यावश्यक भएको बताए । 'अहिले विप्लबजीको पार्टीसँग मात्रै नभएर देश, जनता र समयको मागअनुसार नेकपा (एस)सँग पनि एकताका लागि छलफल चलेको छ', उनले भने । 

नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकाले छिटो एकता गर्न सहज हुने बताउँदै गुरुङले भने, 'समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, संगठन कसरी बलियो बनाउने, सदन र सडकसम्म संघर्ष कसरी गर्ने भन्नेलगायत विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्नेछ ।'

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर निरन्तर सदन अवरुद्ध गर्दा महत्त्वपूर्ण विधेयक रोकिने भएकाले दुई बुँदे सहमति गरेको विषय स्थायी कमिटीले सही भएको मूल्यांकन गरेको उनले बताए ।

‘कुलिङ पिरियड’ प्रकरणबारे बनेको छानबिन समितिले सही निष्कर्ष निकालेर त्यसलाई सच्याउनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ । 

त्यसैगरी, कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले माओवादीले स्थायी समितिबाट आफ्नो पार्टीसँग एकता गर्ने भन्ने निर्णय स्वागतयोग्य रहेको बताए ।

समाजवादी मोर्चा कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका बुढाथोकीले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा समाजवादी क्रान्तिका लागि माओवादी धार र समाजवादी मोर्चामा आबद्ध पार्टीबीच एकता ध्रुवीकरण हुनुपर्ने धारणा राखे ।

कान्तिपुर

Link copied successfully