भूमि विधेयक गिरिबन्धुसँग जोडिएको छैन : भूमिमन्त्री अधिकारी

मन्त्री अधिकारीले भूमि विधेयकमा गिरिबन्धु जोडिएको छैन भन्दै सांसदहरूलाई प्रमाण देखाउन आग्रह गरेका छन्।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Land Bill not linked to giribandhu: Land Minister Adhikari

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तावित भूमि विधेयक गिरिबन्धु जग्गा प्रकरणसँग नजोडिएको स्पष्ट पारेका छन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सिंहदरबारमा आइतबार भएको भूमिसम्बन्धी विधेयकको छलफलमा उनले अनावश्यक रूपमा गिरिबन्धुलाई भूमि विधेयकसँग जोड्न जरुरी नरहेको बताए  । विधेयकमा कहाँ गिरिबन्धु जोडिएको छ ? देखाइदिन पनि सांसदहरूसँग आग्रह गरे ।

उनले विधेयकमा कृषि वा उद्योगधन्दाका कुराहरू पनि नजोडिएको स्पष्ट पारे ।

मन्त्री अधिकारीले भने, ‘भूमि विधेयकमा प्रस्तावित संशोधित विषयहरूमा छलफल गरौँ । सरोकारवालाहरूले आफ्ना विषयहरू राखिरहनुभएको छ । मैले पटक पटक भनेको छु, हामीले दफावार लाई जसरी अघि बढायौँ । हाउजिङका कुराहरू विधेयकमा ल्याएका छौँ । त्यसमा गिरिबन्धुसहित अरू कुनै विषय नै जोडिएको छैन । सांसदहरूलाई गिरिबन्धु कहाँ विधेयकमा जोडिएको छ ? मलाई देखाउनु भनेर पटक पटक भनिरहेको छु । यहाँ कुनै कृषिका कुरा जोडिएको छैन, गिरिबन्धु जोडिएको छैन । यहाँ उद्योगधन्दाको कुरा जोडिएको छैन ।’

उनले गिरिबन्धुलाई जोडेर सांसदहरूले भूमि विधेयकलाई प्रचार गर्न जरुरी नरहेको स्पष्ट पारे । भूमिहीन, सुकुम्वासी र अव्यवस्थित नागरिकलाई जग्गा उपलब्ध गराउँदा सरकारले आवश्यक ध्यान दिने मन्त्री अधिकारीको भनाइ रहेको छ ।

कान्तिपुर

Link copied successfully