कृषिमन्त्री भन्छन् : स्वस्थ रहन कोदोको परिकार एक छाक खाऔँ

मन्त्री अधिकारीले मकै, धान, गहुँसरह कोदोको पनि महत्त्व रहेको बताउँदै यसको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

The Minister of Agriculture says: Let's eat a cup of millet to stay healthy

काठमाडौँ — कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि कोदोको परिकार एक छाक खान आग्रह गरेका छन् । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा शुक्रबार आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले स्वस्थ रहन कोदोको परिकार खानुपर्ने बताएका हुन् । 

‘हामी स्वस्थ रहने हो भने, हामीले एक छाकमात्रै भए पनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्नसक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौँ । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावि सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ,’ उनले भने । 

मकै,धान, गहुँ सरह नै कोदो पनि महत्त्वपूर्ण बाली भएकाले यसको पनि त्यत्तिकै विकास गर्न सक्नुपर्ने मन्त्री अधिकारीको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully