रेशम चौधरीलाई थुनाउने विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चद्वारा सदर

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला ‘यस्तो हुन्छ’ भन्ने ठोकुवा गर्दै किर्ते पत्र लेखेर चौधरीलाई थुनामा पठाएका थिए ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

The order of the district to release Bista who detained Resham Chaudhary on bail was approved by the High Court

काठमाडौँ — उच्च अदालत पाटनले न्याय सेवाका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला ‘यस्तो हुन्छ’ भन्ने ठोकुवा गर्दै किर्ते पत्र लेखेर चौधरीलाई थुनामा पठाएका थिए । पछि उनीविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा मुद्दा चलेको थियो । त्यही मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । 

५ जेठमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिनबन्धु बरालले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए । बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्लाकै आदेशलाई सदर गरेको छ । 

आफूलाई षड्यन्त्रपूर्वक थुनामा पुर्‍याएको भन्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले विष्टविरुद्ध उच्च अदालत पाटनमा १९ जेठमा रिट दायर गरेका थिए । विष्ट पनि निवेदन लिएर उच्च पुगेकोमा बिहीबार बेरितको भन्दै जिल्लाको आदेश सदर गरिदिएको हो ।

कान्तिपुर

Link copied successfully