राजदूत पण्डित र सल्लाहकार हिर्सबीच छलफल

राजदूत पण्डितले विपिनको शीघ्र र सुरक्षित रिहाइका लागि इजरायली पक्षसँग निरन्तर समन्वय र सहयोगको अपेक्षा व्यक्त गरे।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Discussion between Ambassador Pandit and Counselor Hirs

काठमाडौँ — इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूका बन्धक मामिलासम्बन्धी सल्लाहकार गाल हिर्सबीचको दोस्रो पटकको बैठक सम्पन्न भएको छ । तेल अभिभमा बुधबार उनीहरूबीच भएको बैठकमा  कूटनीतिक र बन्धकका अवस्थाबारे छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बैठकमा हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिनको अवस्थाबारे अझैसम्म कुनै ठोस प्रमाण प्राप्त नभएको विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको थियो ।

राजदूत पण्डितले विपिनको शीघ्र र सुरक्षित रिहाइका लागि पुन: विशेष आग्रह गर्दै इजरायली पक्षसँग निरन्तर समन्वय र सहयोगको अपेक्षा व्यक्त गरेका थिए । सो अवसरमा नेपाल र इजरायलबीच लामो समयदेखि उच्चस्तरको भ्रमण नभएको सन्दर्भबारे दुवै पक्षले उच्चस्तरीय भ्रमण सम्बन्धमा सोच अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो ।

सल्लाहकार हिर्सले हालसम्म हमासको नियन्त्रणमा जीवित र मृत गरी ५० जना बन्दी भएकोमा नेपाली नागरिक विपिनको अवस्थाबारे स्पष्ट जानकारी नभएको उल्लेख गरेका थिए । 

कान्तिपुर

Link copied successfully