भोटेकोशीको बाढीले फेरि बन्द भयो स्याफ्रुबेंसी–रसुवागढी सडक

स्याउपार्किङ, आर्मी ब्यारेक र घट्टेखोलामा सडक कटान गरेको छ । त्यस्तै २४ गतेको बाढीमा फसेका २ वटा पिकअप भ्यान पनि बुधबारको बाढीले बगाएको छ । 

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

The Syafrubensi-Rasuwagadhi road was closed again due to Bhotekoshi flood

काठमाडौँ — बुधबार बिहान भोटेकोशीमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पुन: अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले ठाउँठाउँमा सडक बगाएको छ । 

असार २४ गते आएको बाढीले विभिन्न स्थानमा गरेर करिब एक किमि सडक बाढीले बगाएको थियो भने स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म १६ किमिमा आवतजावत ठप्प भएको थियो । साउन ४ गतेदेखि एकतर्फी रूपमा खुलेको उक्त सडक पुन: अवरुद्ध भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गोसाइँकुण्ड गाउँपालिका-२ र ३ का विभिन्न ठाउँमा बाढीले सडक बगाएको छ । स्याउपार्किङ, आर्मी ब्यारेक र घट्टेखोलामा सडक कटान गरेको छ । त्यस्तै २४ गतेको बाढीमा फसेका २ वटा पिकअप भ्यान पनि बुधबारको बाढीले बगाएको छ । 

कान्तिपुर

Link copied successfully