सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पाैडेल नियुक्त

मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेरहदले अनिवार्य अवकाशमा गएपछि पद रिक्त भएको थियो ।

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

Bimal Paidel appointed as Chief Registrar of Supreme Court

काठमाडौँ — सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पाैडेल नियुक्त भएका छन् । न्याय सेवा आयाेगले पाैडेललाई मुख्य रजिस्ट्रार नियुक्त गरेको हाे ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतकाे अध्यक्षतामा बसेकाे आयाेगकाे बैठकले पाैडेललाई नियुक्त गरेको हाे । मुख्य रजिस्ट्रारका लागि पाैडेलसँगै मानबहादुर कार्कीलाई सिफारिस गरिएको थियो ।

मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेरहदले अनिवार्य अवकाशमा गएपछि पद रिक्त भएको थियो ।

कान्तिपुर

Link copied successfully