काठमाडौँ — माओवादी सांसद झक्कुप्रसाद सुवेदीले मधेशको खानेपानी तथा सिँचाइको समस्याबारे कागजी घोषणा गरेर सरकार पन्छिन नमिल्ने टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद सुवेदीले सरकारले प्याकेजसहितको कार्यक्रम ल्याउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘मधेसका नागरिकहरुलाई खानेपानी तथा सिँचाईका लागि पानी उपलब्ध गराउने कागजी घोषणाले मात्रै सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन । सरकारले ठोस राहत प्याकेजको व्यवस्था गर्न सम्माननीय अध्यक्षज्युमार्फत नेपाल सरकारलाई आग्रह गर्दछु,’ उनले भने ।
मुलकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सरकारको ध्यान केन्द्रित हुनुपर्ने पनि सांसद सुवेदीको माग छ ।
