भण्डारीलाई एमाले केन्द्रीय सदस्यहरूले भने - पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुस्

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

UML central members said to Bhandari - stay in the same position as the former president

काठमाडौँ — नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कन नहुने धारणा पार्टीका केन्द्रीय कमिटीका नेताहरूले राखेको जानकारी दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले यस्तो बताएका हुन्।

उनका अनुसार बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका सन्दर्भमा छलफल गरेका थिए। त्यही सन्दर्भमा पूर्वराष्ट्रपति भण्डारीको विषयमा समेत चर्चा भएको उनले बताए।

उनले भने, 'अहिलेसम्म बोल्ने केन्द्रीय कमिटी सदस्यहरूले पूर्वराष्ट्रपतिको हैसियतमै बस्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभएको छ। पार्टी राजनीतिमा फर्कनु प्रणाली र व्यवस्थाका लागि राम्रो नहुने धारणा राखिएको छ। यसबारेमा पार्टीले आवश्यक निर्णय लिनुपर्ने सुझाव पनि दिइएको छ।'

प्रमुख सचेतक बर्तौलाले बैठक आजै समापन गर्ने तयारी रहेको जानकारी समेत दिएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully