कांग्रेस नेता शशांकको दाबी : पूर्व–पश्चिम राजमार्गको कल्पना बीपीको हो

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Congress leader Shashank's claim: The idea of East-West highway belongs to BP

काठमाडौँ — नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पूर्व–पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोइरालाले गरेको दाबी गरेका छन्।

बीपी सङ्ग्रहालय सुन्दरी जलमा मंगलबार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजा महेन्द्रले राजमार्गको निर्माण गरे पनि कल्पना बीपीको रहेको बताए । उनले अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको बताए । नेपालमा जनताको सेवाका लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी भएको दाबी गर्दै देशका लागि बीपीले गरेको काम जति अरू कसैले पनि गर्न नसकेको बताए ।

सांसद कोइरालाले भने, ‘अहिले सुन्दरीजल आउँदा धेरै परिवर्तन भएको महसुस भयो। बीपी सम्झिँदा आँसु आउँछ। उहाँले जति देशका लागि गर्नुभयो, मलाई लाग्छ कसैले पनि त्यति गरेको छैन। १२/१४ वर्ष त जेल बस्नुभयो। भारतमा आन्दोलनमा जेल बस्नुभयो। पूर्व–पश्चिम राजमार्गको कल्पना सायद बीपीले गर्नुभएको थियो। हुनतः महेन्द्र सरकारले गर्नुभयो। तर कल्पना बीपी कोइरालाको थियो।’

सांसद कोइरालाले विकासका लागि बीपी कोइरालाले धेरै काम गरेको बताए ।ब

कान्तिपुर

Link copied successfully