ठमेलको होटलबाट २ किलो सुन र नगदसहित चिनियाँ नागरिक पक्राउ

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

A Chinese citizen was arrested with 2 kg of gold and cash from a hotel in Thamel

काठमाडौँ — ठमेलको एक होटलबाट दुई किलो सुन र २४ लाख नेपाली रुपैयाँसहित दुई चिनियाँ पक्राउ परेका छन् ।

ज्याँठामा रहेको होटल जिउ डिङ युआन बिन ग्वानबाट सोमबार राति तान चुनलिन र महिला जौ सुवेईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पक्राउ गरेको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको बताए । कार्यालयले अनुसन्धान सकेर उनीहरुलाई राजस्व अनुसन्धान विभागमा बुझाउनेछ ।

पक्राउ परेका दुईजना प्रेमीप्रेमिका रहेको र एक महिनादेखि नेपालमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully