एमाले केन्द्रीय कमिटी बैठक : बोल्ने अधिकांशको विधान मस्यौदामा समर्थन

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

UML Central Committee Meeting: Majority of the speakers support draft constitution

What you should know

काठमाडौँ — एमाले केन्द्रीय कमिटीमा बोल्ने ४९ केन्द्रीय सदस्यमध्ये ४० जनाभन्दा बढीले आधारभूत रुपमा केन्द्रीय पदाधिकारी, पोलिटब्युरोले अनुमोदन गरेको विधान मस्यौदामा समर्थन गरेका छन् । विधानको मूल स्प्रिट ठीक भएको भन्दै उनीहरुले मस्यौदालाई समर्थन गरेका हुन् ।

‘मूल रुपमा विधान मस्यौदाको समर्थनमा विचार आएको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘केही प्राविधिक विषय सच्याउन सुझाव आएको छ ।’ 

केही केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीबीच द्वन्द्व बढाउन नहुने बताएका थिए । ‘केन्द्रीय सदस्यलाई पूर्व तयारीका साथ अध्यक्षको विकल्प छैन भन्ने हिसाबले बोल्न लगाइएको देखियो,’ एक केन्द्रीय सदस्यले भने, ‘पार्टीमा उमेर हद र एउटै पदमा दुई कार्यकालको विषय र पूर्व राष्ट्रपतिलाई एमालेमा सक्रिय गराउनुपर्छ भन्ने खासै देखिएनन् ।’

कान्तिपुर संवाददाता

Link copied successfully