एमाले केन्द्रीय कमिटीको बैठक सुरु, यी हुन् छलफलका विषय

श्रावण ५, २०८२

न्युज एजेन्सी नेपाल

UML Central Committee meeting begins, these are the topics of discussion

What you should know

काठमाडौँ — सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो।

बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्नेछन् ।

साथै, भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रित छलफल, पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रस्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नेछन् ।

त्यस्तै, विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्तावको सन्दर्भमा महासचिव शंकर पोखरेलले वडा केन्द्रित अभियान, सदस्यता नवीकरण, प्रतिगमनकारी क्रियाकलाप विरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरूको अधिवेशन लगायतका बारेमा बैठकलाई जानकारी गराउनुहुने कार्यसूची रहेको छ।

केन्द्रीय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने बताइएको छ। साथै, समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय राजनीतिमा फर्काउने वा नफर्काउने भन्ने निर्णय पनि केन्द्रीय कमिटीले गर्ने बताइएको छ।

बैठक सोमबार र मंगलबार गरी दुई दिन चल्नेछ।

न्युज एजेन्सी नेपाल

Link copied successfully