धनगढीका वरिष्ठ वन अधिकृत यादव ७ लाख ३१ हजार घूससहित नियन्त्रणमा

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

Dhangadhi senior forest officer Yadav under control with 7 lakh 31 thousand bribe

What you should know

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्ला डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१ हजार घूस रकमसहित नियन्त्रणमा लिएको छ ।

प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार चुरे गाउँपालिका वडा नम्बर–६ कैलालीस्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठ व्यवस्थापन गर्ने क्रममा सेवाग्राहीसँग घूस डिल गरेको भेटिएपछि अख्तियारको टोलीले निगरानी गरेको थियो । त्यसपछि सोमबार बेलुका यादवले सोही घूस प्रस्ताव बुझेलगत्तै कञ्चनपुरबाट खटिएको आयोगको टोलीले घूस रकमसहित उनलाई नियन्त्रणमा लिएको हो ।

यादवलाई काठमाडौं ल्याएर थप अनुसन्धान गरिने आयोगले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully