What you should know
काठमाडौँ — नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा ११ जना, प्रहरी उपरीक्षक (एसपी) मा ११ र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा १३ जनालाई बढुवा सिफारिस गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयको आजको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरेको समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार एसएसपीमा बढुवा हुनेमा तुलाबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल रहेका छन् । यस्तै, डीएसपीबाट एसपी बन्ने सूचीमा अनिलकुमार खड्का, महेश थापा, दीपेन्द्र पंजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दीपक खड्का रहेका छन् ।
इन्स्पेक्टरबाट डीएसपी बन्नेमा बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की रहेका छन् । यस्तै, निशेष चापागाईं, चन्द्र बहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल छन् ।
