मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

Rajesh Jha (Ahiraj), the former head of Madhesh province, was arrested

What you should know

काठमाडौँ — मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । अहिराज यौन दुर्व्यवहार कसुरमा आइतबार पक्राउ परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए ।

उनका अनुसार अहिराजमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ । 

झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

मधेश प्रदेश प्रमुख हुनुअघिसम्म उनी मधेशवाणी साप्ताहिक पत्रिका प्रकाशन लगायतका संचार उद्दममा जोडिएका थिए । 

तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो । कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो ।

कान्तिपुर

Link copied successfully