हवाइ सेवा विधेयकमा सांसद गौतमको प्रश्न : नियमनकारीले आर्थिक जोहो कसरी गर्छ ?

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

MP Gautam's question on the air services bill: How does the regulator do the economic joho?

What you should know

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायकमा विभाजन गरेपछिको अव‍स्थाबारे आवश्यक कानुनी प्रावधान राख्नुपर्ने रास्वपा सांसद सोबिता गौतमले बताएकी छन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबारको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि भएको छलफलमा सांसद गौतमले नियामक निकायको आर्थिक अवस्थाबारे समयमै सोच्नुपर्ने बताएकी हुन् । 'सेवा प्रदायक संस्थाले आम्दानी राम्रै गर्ला तर योसँगै जोडिएको नियमनकारी संस्थाले के गरी आफ्नो जोहो गर्छ ? आर्थिक स्रोतहरू कहाँबाट जुटाउँछ भन्ने सैद्धान्तिक प्रश्न उठेको छ,' उनले भनिन् । 

सेवाप्रदायकले आफ्नो आयको केही रकम सेवा प्रदायकलाई दिने कानुनी व्यवस्था गर्नुपर्ने हो कि भन्ने उनको प्रस्ताव थियो । नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियामक हुँदा एउटै हुँदा आर्थिक स्रोतको व्यवस्थापन एउटै प्रणाली अन्तर्गत रहेको कुरा भएकाले आगामी दिनमा पनि त्यसमा ख्याल गर्नुपर्ने उनको भनाइ थियो । 

सरकारले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०८१ संसद्‌मा ल्याएको छ । यी दुवै विधेयक संसदीय समितिमा छलफलमा रहेका छन् । नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भरपर्दो बनाउन यी विधेयक ल्याएको सरकारको भनाइ छ ।  

कान्तिपुर

Link copied successfully