चितवनमा पनि सहजै पाइँदैन रेबिजविरुद्धको भ्याक्सिन

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

Even in Chitwan, the vaccine against rabies is not easily available

What you should know

चितवन — भरतपुर अस्पतालमा रेबिज रोगविरुद्धको भ्याक्सिन लगाउन अत्याधिक व्यक्तिहरू आउने गर्दछन् । अस्पतालका मेडिकल सुपेरिटेन्डन्टे (मेसु) डा.कृष्णप्रसाद पौडेलले दिनमा १ सय ८० देखि २ सय जनासम्मलाई भ्याक्सिन लगाउने गरेको बताए ।

तर पछिल्ला दिनहरूमा अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिनको अभाव हुने गरेको छ । अस्पतालमा पछिल्लो पटक सरकारबाट चार सय भाइल भ्याक्सिन आएको पौडेलले बताए ।

‘यति भ्याक्सिनले उस्तै परे चार दिन पनि पुग्दैन,’ मेसु डा.पौडेलले भने । संघ या प्रदेशको सरकारी निकायबाट भ्याक्सिन आउँदा निःशुल्क लगाइ दिने गरेको उनले बताए । सरकारी निकायबाट भ्याक्सिन नआएको बेलामा व्यक्ति स्वयंले किनेर पनि भ्याक्सिन ल्याउने गरेका छन् । यस्तो अवस्था अस्पतालमा धेरै पटक आएको मेसु पौडेलले बताए । स्थानीय तहका अस्पताल तथा स्वास्थ्य केन्द्रमा जनस्वास्थ्य कार्यालयबाट भ्याक्सिन जान्छ ।

‘स्थानीय निकायका स्वास्थ्य कन्द्रमा पठाउन तत्कालका लागि हामीले रेबिजविरुद्धको २४० भायल भ्याक्सिन व्यवस्थापन गरेका छौं । केही सयमभित्रै प्रदेशबाट थप भ्याक्सिन आउने सम्भावना छ । अहिले ठूलो समस्या त परी हालेको छैन । व्यवस्थावन भएको छ,’ चितवन जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले भने । केही समय पहिले खैरहनीमा अलि अफ्ठ्यारो परेको उनले बताए । 

कान्तिपुर

Link copied successfully