पोलिटब्युरो बैठकमा ओलीले भने : पूर्वराष्ट्रपति राजनीतिमा आउनु गम्भीर विषय हो

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

At the Politburo meeting, Oli said: Ex-president entering politics is a serious matter

What you should know

काठमाडौँ — प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु गम्भीर विषय भएको बताएका छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको नेतृत्व लिन तयार रहेको बताएपछि ओलीको औपचारिक रुपमा यो धारणा आएको हो ।

‘गरिमामाय पदमा पुगेको व्यक्ति, गणतन्त्रको प्रतीक पूर्वराष्ट्रपति राजनीतिमा आउने विषय गम्भीर हो,’ उनले शुक्रबार पोलिटब्युरो बैठकमा भने, ‘यसमा पार्टीले उचित समयमा निर्णय गर्ने छ ।’ 

उनले भण्डारी सल्लाह नगरी राजनीतिमा आएको उल्लेख गर्दै छलफल गरे टुंगोमा पुग्ने बैठकमा बताए । 

ओलीले दिशानिर्देश टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा आउने कुरा पार्टीले नठानेको र नमानेको बताएका थिए । भण्डारीलाई एमालेको नेतृत्व दिन नसकिने समेत उनको तर्क थियो ।

कान्तिपुर

Link copied successfully