आलमविरुद्ध सर्वोच्चमा पुनरावेदन पेश

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

Appeal submitted to Supreme Court against Alam

What you should know

काठमाडौँ — इँटा भट्टामा जिउँदै मान्छे जलाएर बम विस्फोटको घटनालाई सामसुम पार्न खोजेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका तर उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमविरुद्ध सर्वोच्च अदालतमा महान्यायाधीवक्ताको कार्यालयबाट पुनरावेदनको निवेदन पेश भएको छ ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार आइतबार पुनरावेदन दर्ता हुनेछ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटमा भएको बम विस्फोट र त्यसमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो ।

आलमले हत्या गरेको ठहर गर्दै जिल्ला अदालत रौतहटले उनीसहित चार जनालाई जन्मकैद सजाय सुनाएको थियो ।  

कान्तिपुर

Link copied successfully